
काठमाडौं, १५ मंसिर । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । यो हप्ता दिनदिनै सकारात्मक र नकारात्मक बन्दै आएको सेयर बजारको दृश्य यो दिन भने सकारात्मक लयमा देखिएपछि लगानीकर्ताहरुमा उत्साह थपेको छ ।
अर्थमन्त्री जनार्दन शर्मा तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशकाे अर्थतन्त्र सकारात्समक लयमा जान लागेकाे कुराहरु गरेकाे भाेलिपल्ट बिहिबार सेयर बजारले पनि उकालाेकाे यात्रा तय गरेकाे छ ।
यो समयमा बैंक तथा वित्तीय संस्थाहरुका वित्तीय रीपोर्टहरु आईरहेका, उनीहरुका लाभांश वितरण तथा मर्जरका कार्यहरु भईरहेको बेला अब बजार सुधारउन्मुख हुन्छ कि भन्ने आकलन गरिएको छ । यस अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि निकै सुधार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.३३ अंकले बढेर १९५८.१८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.६२ अंकले बढेर ३८३.४६ विन्दुमा पुगेको छ ।
यसदिन कुल २४० कम्पनीहरुको सेयर कारोबार भएको छ । ३८ लाख १५ हजार ४५२ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट १ अर्ब २९ करोड ९६ लाख ७६ हजार ८१५ रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्येमा तीन वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । बाँकी सबै १० वटा उपसमूहरुमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको १४ करोड ४५ लाख ५६ हजार ७९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
दोश्रोमा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड प्रोमोटर सेयरको ८ करोड १३ लाख ५९ हजार ११५ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
तेश्रोमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ७ करोड ७१ लाख ९४ हजार २३५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ । चौथोमा हिमालयन डिष्टिलरी लिमिटेडको ७ करोड २ लाख १५ हजार ८५० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ । पाँचौमा नेष्डो संमृद्ध लघुवित्त वित्तीय संस्थाको ४ करोड ४९ लाख ६० हजार ३२७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा बढी धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी सिटिजन म्युचुअल फण्डस् १ को सेयरमूल्य ३.६४ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




