आइपीओ प्रस्तावसहित म्याग्दी हाइड्रोले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     मंसिर १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ मंसिर । म्याग्दी हाइड्रोपावरले पुस ११ गते वार्षिक साधारण सभा आव्हान गरेकाे छ। कम्पनीकाे सञ्चालक समितिकाे बैठकले आइपीओ निष्काशन प्रयाेजनका लागि पुस ११ गते वार्षिक साधारण सभा आव्हान गरेकाे हाे।

बिहिबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौं, बालुवाटारमा रहेकाे कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा उक्त मितिमा पूर्वान्ह ११ बजे साधारण सभा बेालाएकाे हाे । सभामा सेयर (आइपीओ) निष्काशन गर्ने विशेष प्रस्तावमाथि छलफल गरी पारित हुनेछ । 

यसका साथै साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान, आर्थिक वर्ष २०७९–८० काे लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका विषयहरुमा छलफल गरी पारित गरिने भएकाे छ ।