सुन तोलाको १ लाख नजिक, चाँदीमा पनि वृद्धि

-



     सफल आवाज    
     मंसिर १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ मंसिर । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउमा यसदिन रुपैयाँ १ हजारले बढेर तोलाको रुपैयाँ १ लाख नजिक पुगेको छ । चाँदीमा पनि रुपैयाँ १५ ले बद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ १ हजारले बढेर तोलाको रुपैयाँ ९९ हजार १ सयमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९८ हजार १ सय निर्धारण भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले बढेर तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदीको भाउ १ हजार ३ सय ३० रुपैयाँ निर्धारण भइ कारोबार भएको थियो ।