सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । सानिमा बैंकको लाभांश सुरक्षित गर्नका लागि आज आईतबार अन्तिम दिन बाँकी रहेकाे छ । यसअघि बैंक सञ्चालक समितिकाे बैठकले १०.९८% लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

बैंकले साधारणलाई मध्यनजर गरेर सोमबार बुक क्लोज हुने जनाएकाे छ । यसका लागि सेयरधनीहरुले, आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरेकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन पाउने र घाेषित लाभांश पाउन याेग्य हुनेछन् ।  

लाभांश लगायतका एजेण्डाहरु पारित गर्न सानिमा बैंककाे साधारण सभा पुस ३ गते डाकिएकाे छ । साधारण सभा काठमाडौं बालुवाटारस्थित अम्रपाली ब्यांकेटमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभाले गएकाे आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र त्यसकाे कर प्रयोजनार्थ ०.९८% नगद लाभांशसहित १०.९८% लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गर्नेछ।

यस्तै सभामा अधिकृत पुँजी १२ अर्बमा बृद्धि गरेर १५ अर्ब रुपैयाँ पुर्याउने, २ जना सञ्चालकको चयन, कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने विषयमा कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्तावमाथि छलफल गरी पारित गरिने भएकाे छ ।