प्रि-ओपन सेसनमा डेढ अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । साताको दोस्रो कारोबार दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक डेढ १ अंकले वृद्धि भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात हिजो आइतबार २.१६ अंक बढेर १९६३.२२ विन्दुमा बन्द भएको नेप्से आजको प्रि-ओपन सेसनमा १.५७ अंक बढेर १९६४.७९ विन्दुमा पुगेको हो । आजको सोही सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०।३९ अंकले बढेको छ ।

यसैगरी आजको यस सेसनमा ९ वटा स्टकको १३ लाख ९१ हजार ७७२ रुपैयाँ बराबरको २ हजार ६४५ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने २ वटा स्टकको मूल्य घटेको छ । बाँकी ३ वटा स्टकको मूल्य सेसनमा स्थिर रहेको पाइएको छ ।