लाभांश र प्राप्तिकाे प्रस्ताव अनुमाेदन गर्न सेञ्चुरी र प्रभु बैंकले बाेलाए साधारण सभा

-



     सफल आवाज    
     मंसिर २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकले लाभांश तथा प्राप्तिकाे प्रस्तावलाई अनुमाेदन गर्नका लागि पुस १४ गते साधारण सभा बाेलाएका छन्।

सेञ्चुरी बैंकले १२ औं साधारण सभा काठमाडौं भद्रकालीमा रहेकाे आर्मी अफिसर्स क्लबमा बाेलाएकाे छ । सभा पूर्वान्ह ९ बजे बाेलाइएकाे छ । प्रभु बैंकको २१ औं साधारण सभा काठमाडौं बबरमहलस्थित बैंकको केन्द्रिय कार्यालयमा पूर्वान्ह ९ बजे नै बाेलाइएकाे छ ।

साधारण सभामा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ बराबर १ रेसियाेमा एक्वायर गर्ने र प्राप्तिका लागि गरिएका सबै प्रक्रियागत कार्यहरुलाई पारित गर्ने लगायतका एजेण्डाहरु पेश गरिने भएकाे छ ।

सेञ्चुरी बैंकको साधारण सभामा ५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । बैंककाे ४.७५ प्रतिशत बोनस सेयर र करकाे प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिने भएकाे छ ।

यस्तै प्रभु बैंकको साधारण सभाले ७.५५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ । यसमा ६.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांशसहित ७‍.५५ प्रतिशत लाभांश रहेकाे छ ।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि सेञ्चुरी बैंकले पुस ४ गते बुकक्लोज गर्ने जनाएकाे छ । साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि सेयरधनीहरुले पुस ३ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

उता प्रभु बैंकले पुस १ गते बुकक्लोज हुने जनाएकाे छ । साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि सेयरधनीहरुले मंसिर २९ गतेसम्म नेप्सेमा सेयर काराेबार गरि कायम भएकाे हुनुपर्नेछ ।