
काठमाडौं, २३ मंसिर । माया खोला हाइड्रोपावर कम्पनीले आजबाट सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजनाबाट प्रभावित क्षेत्रका जनता तथा श्रम स्वीकृती लिएर वैदेशिक रोजगार गएकाहरुकाे लागि सेयर जारी गरेकाे हाे ।
कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि बिक्रीमा ल्याएकाे छ । यस्तै देशिक रोजगारमा गएका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर निष्काशन गरेकाे हो।
कम्पनीले आयाेजनाबाट धेरै प्रभावित मानिएका संखुवासभाकाे चैनपुर नगरपालिकाका वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालीकाक वडा नम्बर ३, ४ र ५, मादी नगरपालिकाको वडा नम्बर ४ तथा ६ का जनताका लागि ६ हजार कित्ता रहेकाे छ । यस्तै चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका स्थायी जनताका लागि ४ लाख कित्ता सेयर रहेकाे छ ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारमा रहेकाहरुकाे हकमा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था मिलाइएकाे छ । सेयर लगानीकर्ताले पुस ८ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा आयोजना प्रभावित क्षेत्रका जनताले पुस २४ गतेसम्म आवेदन दिन पाउनेछन्।
सेयरमा लगानी गर्नका लागि आयोजना प्रभावित क्षेत्रका जनताले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन पाउने भएका छन्।
यस्तै साथै प्रभु क्यापिटलले बनाएकाे https://ipoapply.prabhucapital.com लिङ्कमा गएर अनलाइन मार्फत पनि आवेदन दिन पाइनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




