
पोखरा, २४ मंसिर । एमालेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले चीनकाे बेल्ट एण्ड रोड ईनिसिएटिव (बिआरआइ) नेपालमा किन लागू हुन सकेन भनेर परियोजनामा हस्ताक्षर भएदेखिका सरकार प्रमुखहरुसंग जवाफ माग्नुपर्ने बताएकी छन् ।
सेन्टर फर सोसियल इन्क्लुजन एण्ड फेड्रालिज्मले शनिबार पोखरामा आयोजना गरेको “नेपालमा चीनको सहभागिता र बिआरआई विषयक छलफल कार्यक्रममा बोल्दै सांसद भट्टराईले बिआआरआई परियोजनाका बारेमा किन केपि शर्मा ओली वा अघि पछिका सरकारको नेतृत्व गर्नेहरुसंग प्रश्न नगरिएको हो भन्ने बारेमा बुझ्न नसकिएको बताईन्।
सांसद भट्टराईले नेपालको राजनीति नीति निर्माणको चरणमै रहेको बताउँदै आज पनि विकास जोखिममै रहेको बताईन । कुनै पनि अनुदान लिदा छलफल नै हुँदैन । उनले भनिन्, कम्तिमा राष्ट्रिय हितलाई सोचेर लिनुपर्ने हो त्यो देखिन्न । उनले सबै दलका प्रमुखहरुमा पूरानै शैली रहेको र सामूहिकताको धारणामा जान नसकेको बताईन ।
भट्टराईले राजनीतिलाई एक्ससन ओरियन्टेड बनाउनु पर्ने, अनुसन्धानका क्षेत्रहरुमा लगानी गर्नुपर्ने बताउँदै संसदमा रीसर्चको लागि रकम छुट्याउन समेत माग गरेको स्मरण गरिन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलका डेपुटी म्यानेजर कृष्णप्रसाद पौडेलले पोखरा विमानस्थलको विकल्पको रुपमा पोखरा अन्तराष्ट्रिय विमानस्थलन नभएको बताए । उनले आगामी जनवरीबाट एयरपोर्ट संचालनमा आउने तयारीमा रहेका जनाउँदै कसरी यसबाट नाफामा जान सकिन्छ भन्ने बारेमा सबैको चासो हुनुपर्ने बताए । उनले अहिले पनि रिठेपानी डाँडा कटान १४ मीटर पूरा भएको र २४ मीटर काट्न बाँकी रहेको बताए । माटो फाल्नमा अवरोध भएको बताए । उनले छिटो ल्याण्डफिल्डसाईडको टुंगो लगाएर स्थिति सजह बनाउन आवश्यक भएको बताए ।
प्रोफेसर ठान बहादुर क्षेत्रीले बिआरआई लागू गराउने पार्टीहरुको काम भएकोले उनीहरुमाथि निर्भर हुने बताए । राजनीतिमा शक्ति चाहिने र शक्तिले काम पनि गर्ने भएकोले नेपालमा बाह्य राजनीतिले प्रभाव पार्ने गरेको बताए । उनले भने, अहिले साउथ एशियामा शक्ति शाली राष्ट्रहरुको आँखा लागेको छ । अमेरिका एउटा पावरको रुपमा उभिएको उनले बताए । विपि वा पुष्पलालका विचारमा नअडिएको कारण वा दलहरु आफ्नो बिचारबाट नचलेपछि परराष्ट्रनीति कमजोर भएको र विदेश नीति नेपालमा हाबि भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीनको लागि नेपाल आकर्षक केकको रपमा रहेको र आफ्नो पक्षमा कसरी पार्न सकिन्छ भनेर हेरिरहेको बताए । उनले नेपालमा बिआरआई आफ्नो अनुकुल बनाउन नसक्नुमा कमजोरी भएको बताए ।
नेपाल सरकारले प्रोजेक्ट छान्न नसकेको बताउँदै मुल्मिले हिमालय ट्रान्समिसन लाईन, केरुङ नाका लगायत अन्य पूर्वाधारका विषयमा ति राष्ट्रका हितमा हुनेगरी काम गर्नुपर्ने बताए । उनले पोखरालाई कार्गो हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं अन्तराष्ट्रिय एयरपोर्टलाई न्यारो बडीको विकान अवतरणको स्थल बनाउने कि ५०० मीटर थपेर रन वे ३ हजार मीटर बनाउने प्रश्न गरे । यसका बारेमा किन कोहि नबोलेको हो खोजिको विषय भएको उनले बताए ।
पिएन क्याम्पपस अर्थशास्त्र विभागका प्रोफेसर लेखनाथ भट्टराईले पोखरामा एयरपोर्ट बनिसकेको अवश्थामा अब कसरी संचालन गर्ने भन्ने विषय चूनौतीको रुपमा रहेको बताए । उनले भने हामी मगन्ते भएर मात्रै काम चलाउने कि प्रकाशनिक र राजनीतिक लेवलको तयारी गर्ने ? अबका दिनमा संसारमा अर्थमा चाईना पहिलो र दोश्रोमा भारत हुने क्रममा रहेकोले र उनीहरुसंग लिने लोनका बारेमा पहिल्यै प्रष्ट हुन जरुरी भएको बताए । बाह्य लोनको भन्दा भट्टराईले आन्तरिक लोनलाई बढी प्राथमिकतामा राख्नुपर्ने बताए ।
नेपाल चाईना मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरामा अन्तराष्ट्रिय एयरपोर्ट बनेता पनि अधुरो रहेको बताए । अहिलेको अवश्थामा २५०० मीटरको रन वेमा न्यारो बडीको जहाँज मत्रै आउने र नाफामा जाने कुरा सोच्न नसकिने बताए । प्राधिकरणले नै वाईड बडी टेक अफ गर्न नसक्ने भनिसकेपछि यसको साईज बढाउनै पर्नेमा जोड दिए ।
कार्यक्रममा अनिस मुल्मिले नेपाललाई पनि कोभिड १९ ले प्रभाव पारेपछि चाईना नेपाली राजनीतिमा सक्रिय भएको बताए । कोभिडको पहिलो भ्याक्सिन नेपालमा आयो । त्यसमा पनि भ्रष्टाचारको कुरा सुन्न पर्यो । चाईनिज प्रोजेक्ट पनि सुसस्त गतिमा चलेको उनले बताए ।
२०२२ को मात्रै कुरा गर्ने हो भने नेपालमा चाईनाका ३ उच्चस्तरका नेताहरुको भेट भयाे तर बिआरआईका बारेमा कुरै भएन । नेपालका नेताले काठमाडौं केरुङबाट रेल आउने कुरालाई चुनावि नारा बनाए । तर यसका बारेमा चाईना पनि तयार नभएको र नेपालको भूबनोट कमजोर भएको कारण महंगो पर्ने उनको भनाई थियो ।
प्रशान्ति पौडेलले नेपालमा बिआरआई लागू गर्ने सम्बन्धमा भारत सशंकित भएको तर्क गरिन । नेपालका नेताहरुले यसका बारेमा सम्झौता गर्दा राम्ररी कुरा नबुझेर, अध्ययन नगरेर सम्झौता गरेको अध्ययनबाट देखिएको बताईन ।
कार्यक्रमको सहजिकरण गरेका सेन्टर फर सोसियल इन्क्लुजन एण्ड फेड्रालिज्मका कार्यकारी प्रमुख विजयकान्त कर्णले हामीलाई भारत, चीन र अमेरिकाले प्रभावमा पारिरहेको बताए । बुढी गण्डकीका बारेमा तीनवटा सरकारका फरक फरक धारणा आउनु त्यो राम्रो नभएको बताए । कर्णले सन २०१७ मे १२ मा नेपालले बिआरआईमा सम्झौतामा हस्ताक्षर गरेपनि अहिलेसम्म लागू हुने चरणमा नरहेको बताए ।











काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




