एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ मंसिर । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि पुस २० गते १०औं साधारण सभा डाकेकाे छ।

कम्पनीले साधारण सभा काठमाडौं थिरबम सडकस्थित आम्रपाली ब्याङ्क्वेटमा डाकेकाे हाे । सभा अनलाइनबाट पूर्वान्ह ११ बजे शुरु हुनेछ।

साधारण सभामा चुक्ता पूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार ७०० रुपैयाँ बराबरकाे ५.२६ प्रतिशतका दरले हुने ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने संचालक समितिको अनुमाेदन हुनेछ ।

यस्तै विभिन्न उपसमितिहरु तथा लेखापरीक्षण समितिकाे बैठक गर्ने, भत्ता ताेक्ने, लेखापरीक्षककाे नियुक्ति लगायतका एजेण्डाहरु सभामा पेश हुने भएका छन्।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि पुस ५ गते बुकक्लोज गर्ने जनाएकाे छ। साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरधनीहरुले पुस ४ गतेसम्म नेप्सेमा काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।