सुन र चाँदीको भाउ बढ्दै, कति पर्छ तोलाको ?

-



     सफल आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि साताको अन्तिम कारोबार भएको दिन शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख ३ सय रुपैयाँ कायम भएर कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले बढेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको ५ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।