प्रि-ओपन सेसनमा नेप्से १ अंकले घट्यो

-



     सफल आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित



काठमाडौ, २५ मंसिर । साताको पहिलो कारोबार दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात अघिल्लो साताको अन्तिम कारोबार दिन १६.६१ अंक घटेर १९१७.२८ विन्दुमा बन्द भएको नेप्से, आजको प्रि-ओपन सेसनमा १.२४ अंक घटेर १९१६.०४ विन्दुमा पुगेको छ । यसैगरी सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंक बढेको छ ।

आजको प्रि ओपन सेसनमा १४ वटा स्टकको ३ लाख ८० हजार ७३५ रुपैयाँ बराबरको ८९६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने ७ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।