पहिलो दिनमै नेप्से राताम्मै, कारोबारमा शिवम् सिमेन्ट अब्बल

-



     सफल आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ मंसिर । निर्वाचन आएसंगसंगै बजार चलायमान हुने र त्यसको प्रभाव सेयर बजारमा देखिने अपेक्षा गरेको भएपनि अझैं पनि पर्ख हेरको अवश्थामा रहेको छ । निर्वाचन परिणाम पनि आईसकेकोले अब नयाँ सरकार बनाउने कसरत शुरु हुनेछ ।

साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार राताम्मै भएको छ । लगानीकर्ताहरु यहीबीचमा मौद्रिक नीतिको पहिलो समिक्षाको प्रतिक्षा गरेर बसे पनि मौद्रिक नीति सार्वजनिक भईसकेको र अर्थतन्त्रमा सुधारको संकेt देखिन थालेको अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएपछि सकारात्मक बने पनि पछिल्ला दिनमा नेप्से उकालो चढ्न सकेको छैन ।

यो समयमा बैंक तथा वित्तीय संस्थाका साधारण सभा, गाभ्ने र गाभिने तथा लाभांश वितरणका प्रक्रियाका कामहरु भईरहँदा पनि बजार सकारात्मक बन्न सकेको छैन ।

लामो समयदेखि गिर्दो अवश्थाबाट गुज्रिदै आएको सेयर बजार र यसका लगानीकर्ताहरु अब नयाँ सरकारको पर्खाइमा रहेका छन् । अब बन्ने सरकार र अर्थमन्त्रालयमा कस्तो नेतृत्व पुग्छ त्यसबाट पनि बजारले एउटा लाईन लिने अपेक्षा गरिएको छ ।

बजेट ल्याउनु अघि र पछिका दिनहरुसहित हालसम्म अर्थमन्त्री जनार्दन शर्मा कुनै न कुनै किचलोमा परिरहे र आलोचनाका पात्र पनि बने । यद्यपी उनले आफुले कुनै गल्ति नगरेको भन्दै आएका छन् । अब लगानीकर्ताहरु नयाँ सरकार र त्यसका अर्थमन्त्रीले लिने सकारात्मक कदमको पखाईमा रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा झरेको छ । नेप्सेमा १.६७ प्रतिशतले गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स ६.२८ अंकले घटेर ३६७.३६ विन्दुमा रहेको छ ।

कुल २५३ कम्पनीहरुको सेयर कारोबार भएको छ । ३५ लाख १२ हजार ८३४ कित्ता सेयरको कारोबार बाट १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ ८ पैसा बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

दोश्रोमा नबिल बैंकको ७ करोड ५८ लाख ४३ हजार ३४९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ । तेश्रो बढी कारोबार हुनेमा हिमालयन डिष्टिलरी लिमिटेडको ५ करोड ५ लाख २ हजार १२० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

चौथोमा एनआईसि एशिया बैंकको ३ करोड ९२ लाख ४८ हजार ८३२ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ । पाँचौमा रिडी पावर कम्पनीको ३ करोड २० लाख २८ हजार ३८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाले १० प्रतिशतले गुमाएको छ ।