
काठमाडौं, २६ मंसिर । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेबाट बिमा ल्याएकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि ल्याएकाे २ लाख ५० हजार कित्ता सेयरमध्य बिक्री हुन बाँकी रहेकाे १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि ४ लाख ५० हजार कित्तासहित ५ लाख ५४ हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।
कम्पनीले २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ।
अब सर्वसाधारणले ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीले बाग्लुङ जिल्लाको कुश्मीसेरा र सर्कुवा गाविसको सिमाना स्थित १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




