एशियन हाइड्रोकाे आईपीओ आवेदन आजबाट

-



     सफल आवाज    
     मंसिर २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ मंसिर। एशियन हाइड्रोपावरले आजदेखि सेयर (आईपीओ) निष्काशन गरेकाे छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर निष्काशन गरिएकाे हाे ।

कम्पनीले ३ करोड ४० लाख रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारी गरेकाे छ । यस्तै इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ र सूर्योदय नगरपालिका वडा नं. ११ का जनताका लागि १ लाख ३६ हजार कित्ता रहेकाे छ । साथै ईलामका अन्य क्षेत्रहरुमा बसोबास गरेकाहरुकाे लागि २ लाख ४ हजार कित्ता रहेकाे छ।

सर्वसाधारणका लागि निष्काशन हुने ८ लाख ४० हजार कित्ता साधारणबाट ८४ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारमा गएकाहरुका लागि रहेकाे छ । यसका लागि घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

सेयरमा लगानी गर्नका लागि पुस १२ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म आवेदन नपरेकाे खण्डमा पुस २७ गतेसम्म आवेदन लिन सकिनेछ । उता वैदेशिक रोजगारमा रहेकाहरुकाे हकमा भने पुस १२ गतेसम्म आवेदन दिन पाइनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।