सुनको भाउ १ लाख पुग्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     मंसिर २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । संयोगले सुनको भाउ घटेर ताेलाको ठ्याक्कै १ लाख कायम भएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेको छ । सेतो धातु चाँदीको भाउमा भने कुनै फेरबदल भएको छैन ।

मंगलबार छापावाल सुनको भाउमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ निर्धारण भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी सोमबारको भाउ तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।