२.५७ अंकले घट्याे नेप्से, कारोबार करिब ७८ करोडमा सीमित

-



     सफल आवाज    
     मंसिर २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयरबजारमा पुनः गिरावट देखिएको छ । अघिल्लो दिन सकारात्मक लयमा देखिएको नेप्सेमा दोश्रो दिनमै दोहोरो अंकको गिरावट भएको हाे ।

वाणिज्य बैंकहरुले पुसमा ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको भएपनि बजारमा त्यसको प्रभाव परेको देखिएन । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले मंसिर महिनाकै ब्याजदरलाई पुसमा निरन्तरता दिने निर्णय गरेको छ । सोमबार ब्याज घट्ने आकलन भएपनि सो अनुसार नभएपछि नेप्से पुनः ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.५७ अंकले घटेर १८९९.७० विन्दुमा झरेको छ । नेप्सेमा ०.१३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.६३ अंकले घटेर ३७१.३० विन्दुमा रहेको छ ।

यसदिन कुल २४८ कम्पनीको सेयर कारोबार भएको छ । २० लाख ५८ हजार ५१० कित्ता सेयरको खरिदबिक्रीबाट ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ७ करोड १७ लाख ५६ हजार ६३५ रुपैयाँ ७० बराबरको कारोबार भएको छ।

दोश्रोमा नेपाल टेलिकमको ६ करोड ३ लाख ७१ हजार ८४७ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ । तेश्रोमा समिट लघुवित्त वित्तीय संस्थाको ४ करोड ६९ लाख ९५ हजार ९८३ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

चौथोमा नेपाल बैंक लिमिटेडको ३ करोड ५१ लाख ५० हजार ४२६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ। पाँचौमा अपर तामाकोशी हाइड्रोपावर २ करोड ९९ लाख ६५ हजार ८५८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिवाइ नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै तेह्रथुम हाइड्रोपावर कम्पनीको सेयरमूल्य ३.२९ प्रतिशतले घटेको छ ।