
काठमाडौं, २८ मंसिर । कालिन्चोक दर्शन लिमिटेडको सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले मंसिर १४ गतेदेखि आयोजनाबाट प्रभावित भएका जनता तथा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर निष्काशन गरेको थियाे ।
कम्पनीले १ करोड २० लाख रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि बिक्रीमा ल्याएकाे छ । स्थानीय जनताले १ लाख २० हजार कित्ता सेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेकाे १० लाख ८० हजार कित्ता सेयरबाट १ लाख ८ हजार कित्ता सेयरका लागि वैदेशिक रोजगाररमा रहेकाहरुले आवेदन दिन पाउनेछन् ।
सेयरमा करोड ९४ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसले मंसिर २७ गतेसम्म ५ हजार ६१५ जनाले ९ लाख ९४ हजार २६० कित्ताका लागि आवेदन दिएका जनाएकाे छ।
सेयरमा स्थानीय जनताले घटीमा १० देखि बढीमा ४ हजार ९९० कित्ता तथा वैदेशिक रोजगारमा गएकाहरुले घटीमा १० देखि १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ तथा कालिञ्चोक दर्शन लिमिटेडको कार्यालय, दोलखामा रहेका मेगा बैंक र सेञ्चुरी बैंकका तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
कालिन्चोक दर्शनको सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धककाे रुपमा रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




