
काठमाडौं, २९ मंसिर । नेपाल हस्तकला महासङ्घले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण बर्ष विभिन्न कार्यक्रम गरी अन्त्य गरेको छ । विसं २०७८ मङ्सिर २८ गतेदेखि महासङ्घ स्वर्ण वर्षमा प्रवेश गरेको इतिहासको उपलक्ष्यमा एक वर्षसम्म विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।
राजधानीमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर र हस्तकला पर्यायवाची रहेको उल्लेख गर्दै महानगरपालिका विश्वको ३५औँ हस्तकला सहर घोषणा हुनु गर्वको विषय भएको बताए । महानगरलाई विश्व शिल्प परिषद्ले हस्तकला सहर भनेर सदस्यता प्रदान गरेको छ ।
सदस्यता प्राप्त गरेपछि हस्तकलामा राम्रो काम गर्ने सोच राखेको भए पनि कोभिड–१९ का कारण राम्रो काम गर्न नसकेको प्रमुख महर्जनले दुःखेसो गरे। अब भने हस्तकला क्षेत्रमा महानगरको छलाङ मार्ने उनको दाबी छ । ललितपुर क्षेत्रमा उत्पादित हस्तकलाका सामान राख्ने गरी पाटनढोकामा कोसेली घर स्थापना गरिएको प्रमुख महर्जनले जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपाललाई हरेक देशमा चिनाउने हस्तकला क्षेत्र भएको र यसमा मुलुकले गर्व गर्नुपर्ने धारणा रारे। हस्तकला व्यवसायलगायत औद्योगिक व्यावसायिक क्षेत्रमा देखिएको समस्या सम्बोधनका लागि महासङ्घले पहल गरिरहेको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले ललितपुर हस्तकलाको राजधानी भएको र यसको मौलिकतालाई बचाइराख्नुपर्ने बताए । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अहिलेको सङ्कटका कारण साना मझौला उद्योगमा बढी समस्या रहेको आफूहरुको अध्ययनले देखाएको उल्लेख गर्दै निकासीजन्य क्षेत्र हस्तकलाको महत्व विशिष्ट भएकाले यस क्षेत्रको समस्या सम्बोधन जरुरी रहेको बताए।
महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला ग्राम चाँडै सञ्चालनमा ल्याउनुपर्ने, हस्तकला क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने तथा निकासी वृद्धि र आन्तरिक खपतमा सरकारले सहयोग गर्नुपर्ने धारणा राखे। कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष तथा लामो समय सेवा गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




