प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । प्रभु बैंकको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन बाँकी रहेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि पुसकाे १ गते बुकक्लोज गर्ने भएकाे छ ।

साधारण सभामा सहभागि हुन र बैंकले वितरण गर्ने लाभांश पाउनका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु नै याेग्य मानिनेछन् ।

साधारण सभाबाट बैंकले घाेषणा गरेकाे ६.५ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांशसहित ७‍.५५ प्रतिशत लाभांशकाे प्रस्ताव पारित भएपछि सेयरधनीहरुलाइ वितरण गरिने भएकाे छ ।

लाभांशकाे प्रस्ताव पारित गर्नका लागि बैंककाे एक्काइसौँ साधारण सभा पुस १४ गते डाकिएकाे छ । सभा बैंककाे केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा पूर्वान्ह ९ बजे शुरु हुनेछ।

सभाबाट प्रभु बैंकले सेञ्चुरी बैंकलाई १:१ काे रेसियाेमा १०० कित्ता बराबर प्रभु बैंकको १०० कित्ता सेयर रेसियाेमा एक्वायर गर्ने र प्राप्तका लागि भएका सबै कार्यहरु पारित गरिने भएकाे छ ।