नेपाल इन्स्योरेन्सले लाभांश अनुमाेदन गर्न डाक्याे साधारण सभा

-



     सफल आवाज    
     पौष १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ पुस । नेपाल इन्स्योरेन्सले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि साधारण सभा डाकेकाे छ।

कम्पनीले पुस २२ गते काठमाडाै कमलादीमा रहेकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा ७४ औँ साधारण सभा बाेलाएकाे हाे । उक्त दिन साधारण सभा पूर्वान्ह ११ बजेदेखि शुरु हुने इन्स्योरेन्सले जनाएकाे छ।

सभाबाट चुक्ता पूँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको ८ प्रतिशतकाे दरले हुने बोनस सेयर तथा कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमाेदन गरिने भएकाे छ ।

यस्तै, चुक्ता पूँजी सम्बन्धी व्यवस्थाकाे संशोधन, उपयुक्त लागेका कम्पनीसँग मर्जर गर्न तथा प्राप्तिका बारेमा कार्य गर्ने अधिकार सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डामािथ छलफल गरी पारित गरिने भएकाे छ।

साधारण सभालाई मध्यनजर गर्दै इन्स्योरेन्सले पुस ८ गते बुकक्लोज गर्ने जनाएकाे छ। साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरधनीहरुले पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।