
पोखरा, १ पुस । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा पोखरामा भाेली पुस २ गते शनिबार एक दिने “फुड फियष्टा २०२२” आयोजना हुने भएकाे छ ।
“फुड फियष्टा” यसअघि कोभिड १९ को कारण रोकिएकोमा यसपटक अवस्था सामान्य भईसकेकोले आयोजना गरिएको इभेन्ट कोअर्डिनेटर बिएचएम पाँचौ सेमेस्टरकी विद्यार्थी सोनिका श्रीषले जानकारी दिईन ।
विद्यार्थीले आफुने जे पढीरहेका छन् त्यसलाई ब्यबहारिक रुपमा उतार्न र उनीहरुकाे स्कील प्रस्तुत गर्न यस्तो कार्यक्रमले अँझ सघाउ पुग्ने प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।

रेग्मीले छिनेडाँडास्थित कलेजको प्राङ्गणमा शनिबार पुस २ गते आयोजना गरिएको फुड फियष्टाकाे सम्पूर्ण संयोजन विद्यार्थीले नै गरेको बताए । एक दिनकाे यस कार्यक्रम शनिबार बिहान ११ बेजेदेखि बेलुका ७ वजेसम्म चल्नेछ । यसका लागि चाहिने खर्चको जोहो विद्यार्थीले नै गरेका छन् भने कलेजले उनीहरुलाई गाईडिङको काम गरेको प्रिन्सिपल रेग्मीले बताए ।
इभेन्ट आयोजक समितिकी प्रेसिडेन्ट सोनिका श्रीसले “स्वाद र संस्कृति” नाराकासाथ आयोजना गरिएको कार्यक्रमले युवामा खानाका परिकार तथा तिनको स्वादको बारेमा परिचित गराउनु र यसको प्रवर्धन गर्नु रहेको बताईन ।
फियष्टामा आधा दर्जन स्वदेशी तथा विदेशी खानाका परिका बनाईने भएको छ । जहाँ बार, स्कीलफुल सर्भिसकाे कला देखाउने, कक्टेल ड्रिङ्स बनाउने र बनाउँदा र दिदाँसम्मका विभिन्न कला प्रस्तुत गरिने भएको छ ।
श्रीसले कार्यक्रमलाई भव्य र मनोरञ्जनात्मक माहोल बनाउन काठमाडौंबाट परिवर्तन व्याण्ड आउने लागेको जानकारी दिईन । यसका साथै पोखराकी सुप्रिया गुरुङ र अन्य कलाकारहरु पनि सहभागि हुने भएका छन् ।
सोहि अवसरमा कलेजका विद्यार्थीले डान्स पनि गर्नेछन् । विभिन्न खेलहरु हुने, वास्केटवल, फुटबल, रिङ फाल्ने लगायतका खेलहरुलाई पनि समावेस गरिएको श्रीसले बताईन । कार्यक्रममा विद्यार्थी, अविभावक, पर्यटन क्षेत्रका व्यक्तिहरु, सुरक्षा तथा स्थानिय जनप्रतिनिधहरु सरिक हुने भएका छन् ।











काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




