
काठमाडौं, २ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अङ्कले घटाएको छ । गएरातिदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु तीनले घटाएको छ ।
यसअघि पेट्रोल प्रतिलिटर रु एक सय ८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुनेछ । डिजल प्रतिलिटर रु एक सय ७८ मा बिक्री भइरहेकामा अब भने रु एक सय ७५ मा बिक्री हुनेछ ।
मट्टीतेल प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुँदै आएकामा अब भने रु एक सय ७५ मा बिक्री वितरण हुने निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत नै राखिएको छ ।
निगमले सरकार र इण्डियन आयल कर्पोरेशनलाई नियमित भुक्तानीसहित रु १९ अर्ब तिर्न बाँकी रहेको जनाएको छ । बाँकी बक्यौता तथा सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण रहेको जनाइएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




