
जुम्ला, २ पुस । जुम्लामा एक सय ५० मेगावाटको जवातिला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणबाट उक्त परियोजना अगाडि बढेको हो ।
प्राधिकरणको करिब रु ३५ अर्ब लगानीमा सो जलविद्युत् परियोजना अगाडि बढेको कर्णाली प्रदेशका निवर्तमान जुम्लाका सांसद नरेश भण्डारीले जानकारी दिए। उनले भने, “अहिले नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ ।
जुम्ला र कर्णालीका लागि आफ्नै पानीबाट उत्पादन हुने मेगावाटस्तरको जलविद्युत् क्षेत्रमा बृहत् परियोजना अगाडि बढ्ने भएपछि दीर्घकालीन बिजुलीको व्यवस्थापन हुने भएको छ ।” तिला र जवाको पानी प्रयोग गर्नेगरी परियोजना अगाडि बढेको उनले बताए।
उक्त परियोजना कर्णालीकै लाइफ चेन्जर परियोजना हुने भएको छ । सो योजना क्रमागत रहेको छ । जुम्लामा विद्युत् अभावले लामो समयदेखि सकस भइरहेको समयमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । क्षमता नपुग्दा भरपुर बत्ती प्रयोग गर्न यहाँका नागरिकले नपाएको तिला गाउँपालिका–१ का स्थानीयवासी हरि बुढाले जानकारी दिए।
सुर्खेत, दैलेख, कालिकोट हुँदै प्रसारणलाइन जुम्ला पुगेको छ । तिलाजवाको पानी मिसाएर मेगावाटस्तरको बत्ती बलेमा केही राहत हुने यहाँका स्थानीयवासीको भनाइ छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




