बढ्यो सुन र चाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     पौष ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ । शुक्रबार तेजाबी सुन तोलाको ९९ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।