
काठमाडौं, ३ पुस । साताको सेयर कारोबारकाे पहिलो दिन आईतबार नेपाली सेयरले ओरालोको यात्रालाई नै निरन्तरता दिएको छ ।
गत शुक्रबार १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा झरेको नेप्से परिसूचक यसदिन २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेको छ । नेप्सेमा १.४६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.२२ अंकले घटेर ३६२.८२ विन्दुमा रहेको छ ।
यसदिन नेप्सेका कुल २५० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ ९ पैसा बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी एग्रिकल्चर डेभलपमेन्ट बैंक लिमिटेडको ६ करोड २५ लाख ११ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
दोश्रोमा रिडी पावर कम्पनी लिमिटेडको ५ करोड ४३ लाख १३ हजार ९५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ । तेश्रोमा नबिल बैंक लिमिटेडको ५ करोड ४१ लाख १३ हजार ३३६ रुपैया ७० पैसा बराबरको कारोबार भएको छ ।
चौथोमा नेपाल टेलिकमको ४ करोड ८९ लाख ६३ हजार १७८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ । पाँचौमा हिमालयन डिष्टिलरी लिमिटेडको ४ करोड ७९ लाख ६४ हजार ५५३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै इष्छर्न हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ९.९९ अंकले बढेको छ । दोश्रोमा ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को ९.३५ प्रतिशतले र तेश्रो धेरैमा सेयरमूल्य बढ्नेमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको ८.२० प्रतिशतले सेयरमूल्य बढेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




