साढे १७ अर्बकाे ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     पौष ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ पौष । नेपाल राष्ट्र बैंकले ३ वटा अलग-अलग ट्रेजरी बिल जारी गर्न लागेकाे छ । बैंकले १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हाे । यसमा ९१ दिनका लागि, १८२ दिन र १ वर्षका लागि जारी गर्न लागिएकाे हाे ।

पुस ५ गते जारी गरिने ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल गर्न लागिएकाे छ । बैंकले ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बील जारी गर्न लागेको छ। यो बिल चैत ७ गते परिपक्व हुनेछ । 

यस्तै बैंकले १८२ दिनको लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ। यो बिल २०८० साल असार ५ गते परिपक्व हुनेछ । अर्काे १ वर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ। साे बिल २०८० साल पुस ३ गते परिपक्व हुने भएकाे छ ।

यसका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले ट्रेजरी बिलको बोलकबोल प्रक्रियामा सहभागी हुन पाउने भएका छन् । सबैभन्दा बढी मूल्य तोक्ने बैंक तथा वित्तीय संस्था, संगठित संस्थालाई पहिलो प्राथमिकतामा राखेर ट्रेजरी बिलको बाँडफाँड गरिने बैंकले जनाएकाे छ ।