
काठमाडौं, ४ पुष । १ हप्तादेखि नकारात्मक लयमा गईरहेको सेयरबजार आज भने सकारात्मक लयमा फर्किएको छ । ओरालोको यात्रामा गएको नेपाली सेयर बजार सोमबार सकारात्मक लयमा फर्किएपछि लगानीकर्ताको मनोबल बढेको छ ।
साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ । ४ उपसमूहमा रातो लागेको छ । बाँकी ९ वटामा भने हरियो लागेको छ । कारोबार रकममा भने उल्लेखनीय सुधार हुन सकेन । यसदिन कारोबार भने १ अर्ब नाघ्न सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२१ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १.१५ अंकले बढेर ३६३.९७ विन्दुमा पुगेको छ ।
यसदिन २५१ वटा कम्पनीको २६ लाख ९९ हजार ३३१ कम्पनीको सेयर खरिदबिक्री भएको छ । यसबाट ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ ३८ पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी प्राइम कमर्सियल बैंक लिमिटेडको ६ करोड ९३ लाख ४३ हजार १०३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ । यसदिन सबैभन्दा बढी धौलागिरी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले सेयरमूल्य बढेको छ । सबैभन्दा धेरै इष्टर्न हाइड्रोपावर लिमिटेडको ७.९७ प्रतिशतले घटेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




