
काठमाडौं, ६ मंसिर । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा गएका त्यहाँ काम गरिरहेका नेपालीका लागि आजदेखि सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ ।
यसअघि कम्पनीले जारी पूँजी २० करोड रुपैयाँ बराबरको २० प्रतिशतले हुने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको थियाे । साे सेयरबाट बिक्री हुन बाँकी रहेकाे १ लाख ८० हजार ५८० कित्तासहित अरु थपेर ५८ हजार ५८ कित्ता सेयर निष्काशन गरेकाे हो।
सेयरमा लगानीका लागि पुस २० गतेसम्म आवेदन दिन पाइने छ। यसका लागि घटीमा १० तथा बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीले संखुवासभा चैनपुर ९ मा रहेकाे पिलुवा खोला जलविद्युत आयोजनाबाट ९९० किलोवाट जलविद्युत उत्पादनकाे अनुमति लिएर काम सम्पन्न गरी २०६८ साउन १ गतेदेखि व्यावसायीक उत्पादन गर्दै आएकाे छ। यसकाे कुल लागत १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ रहेको छ
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




