सुन र चाँदी दुवैको भाउ बढ्यो

-



     सफल आवाज    
     पौष ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज छापावाल सुनमा ८ सय रुपैयाँ तथा सेतो धातु चाँदीमा २५ रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको रुपैयाँ १ लाख १ हजार २ सय रुपैयाँ तोकेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि आज ८ सय रुपैयाँले वृद्धि भई तोलाको १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा २५ रुपैयाँले वृद्धि भई तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।