सुन र चाँदी दुवैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     पौष ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ पुस । लगातार सुनको भाउ आज पनि बढेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बृद्धिले निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा यसदिन रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जानकारी दिएको छ ।

आज छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १ हजार ५ सयमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार २ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।