नेप्से झिनो अंकले घट्यो, कारोबारमा नेपाल टेलिकम अग्रणी

-



     सफल आवाज    
     पौष ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ पुस । साताको अन्तिम कारोबार हुने दिन बिहिबार नेपाली सेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ । केहि सूचकहरुमा बृद्धि भएको छ भने कारोबार रकम १ अर्ब माथिको भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६७.२१ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने बढेको छ । यो १.७२ अंकले बढेर ३६७.०६ विन्दुमा रहेको छ ।

यसदिन कुल २४७ कम्पनीको सेयर कारोबार भएको छ । ३१ लाख ११ हजार ८३३ कित्ता सेयरको कारोबारबाट १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँ ३१ पैसा बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये तीवटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बैंकिङतर्फ १.३८ अंकले, म्युचुअल फण्डतर्फ ०.०५ अंकले र अन्यतर्फ ३०.२४ अंकले बढेको छ । बाँकी १० वटा उपसमूहहरुमा रातो लागेको छ । उनीहर सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । लाभांश वितरणका लागि साधारण सभा डाकि सकेको टेलिकमको १४ करोड ९९ लाख ५० हजार ३४६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

दोश्रो क्रममा धेरै कारोबार गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको ५ करोड ६९ लाख ६५ हजार ३२४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

तेश्रोमा धेरै कारोबार गर्नेमा नबिल बैंक लिमिटेड रहेको छ । बैंकको ५ करोड ३१ लाख ६६ हजार ६९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा बढी आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.७० प्रतिशतले घटेको छ ।