
काठमाडौं, ८ पुस । वैदेशिक रोजगारमा गएका नेपालीले माया खोला हाइड्रोपावरले बिक्रीमा ल्याएकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले मंसिर २३ गतेदेखि साे सेयर निष्काशन गरेकाे थियाे ।
आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि बिक्रीमा ल्याएकाे सेयरमा भने पुस १७ गतेसम्म आवेदन दिन सकिने भएकाे छ । कम्पनीले म्याद थपेर याे सुविधा दिएकाे हाे ।
जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारी भएकाे हाे । यसमा वैदेशिक राेजगारमा गएका नेपालीले २ लाख ४० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
निष्काशन गरिएकाे १० लाख कित्ता सेयरबाट धेरै प्रभावित क्षेत्र संखुवासभाकाे चैनपुर नगरपालिकाका वडा नम्बर ८ र ९, धर्मदेवी नगरपालीकाका वडा नम्बर ३, ४ र ५, मादी नगरपालिकाको वडा नम्बर ४ र ६ का जनताका लागि ६ लाख कित्ता रहेकाे छ । यस्तै संखुवासभाकै चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका स्थाई बसाेबास गरेकाहरुकाे लागि ४ लाख कित्ता सेयर रहेकाे छ।
सेयर लगानीकर्ताले घटीमा १० कित्ता माग गर्नुपर्ने छ । आयोजनाबाट प्रभावित भएका जनताले बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । उता वैदेशिक रोजगारमा गएका नेपालीले बढीमा २० हजार कित्ता माग गर्न सक्नेछन् ।
आयोजनाबाट प्रभावित भएका जनताले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका कार्यालय, प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट पनि आवेदन दिन पाउने भएका छन्। वैदेशिक रोजगारमा गएकाहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




