
काठमाडौं, ८ पुस । चालु आर्थिक वर्षको शुरुवाती ५ महिनामा मुलुकको कुल व्यापार घाटा ६ खर्ब हाराहारी रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्क अनुसार यो अवधिमा समग्र व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार बराबर रहेको छ ।
यो आँकडा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.७७ प्रतिशतले कम रहेको छ । अघिल्लो आर्थिक वर्षको शुरुवाती ५ महिनामा नेपालको व्यापार घाटा ७ अर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रहेको तथ्याङ्कमा उल्लेख छ ।
समग्र वैदेशिक व्यापारमा पनि कमी
यो आर्थिक वर्षको मंसिर मसान्तसम्म देशको कुल वैदेशिक व्यापार ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँ बराबरको रहेको छ । जसमध्ये निर्यात ६७ अर्ब ३० करोड ४५ लाख २ हजार बराबर छ । यसैगरी आयात भने ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबर रहेको पाइएको छ ।
समग्रमा कुल वैदेशिक व्यापार पनि अघिल्लो आर्थिक वर्षको शुरुवाती ५ महिनाको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा २२.२३ प्रतिशतले घटेको छ । लामो समयदेखि नेपालमा लागू भएको आयात प्रतिबन्धका कारण पनि समग्र वैदेशिक व्यापार र व्यापार घाटामा कमी आएको आकलन गर्न सकिन्छ ।
आयात/निर्यात दुवै घट्यो
आयात निर्यातका हिसाबले तुलना गर्दा अघिल्लो आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालमा विभिन्न देशबाट ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैया बराबरको मालसामान आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा २०.७१ प्रतिशतले गिरावट आई ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको मात्र आयात भएको विवरण छ ।

यसैगरी गत आर्थिक वर्षको ५ महिनामा नेपालबाट १ खर्ब २ खर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँ बराबरका विभिन्न मालवस्तु अन्य मुलुकमा निर्यात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ३४.६१ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड ३० ४५ लाख २ हजार बराबरमा सीमित हुन पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




