
काठमाडौं, ८ पुस । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ५ महिनामा १ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आायात भएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती ५ महिना अर्थात् साउनदेखि मंसिरर मसान्तसम्म आधारित वित्तीय तथ्याङ्कमा यस्तो आँकडा देखिएको हो ।
यस अवधिमा नेपालमा १ खर्ब १७ अर्ब ६२ करोड ७० लाख ६६ हजार बराबरको २ लाख ७९ हजार ४५९ किलोलिटर पेट्रोल, ३ लाख ४ लाख २४ हजार ५१० किलोलिटर डिजेल, ७४ हजार २२१ किलोलिटर हवाई ईन्धन, ४ हजार ३४४ किलोलिटर मट्टितेल र २० करोड ६३ लाख ९४ हजार ६१६ किलोग्राम खाना पकाउने एलपी ग्याँस खरिद गरिएको आँकडा छ । उक्त परिमाणको पेट्रोलियम पदार्थ आयात गरेवापत् सरकारले ३९ अर्ब १७ करोड ४८ लाख ३५ हजार राजस्व आम्दानी गरेको छ ।
यसरी आयात भएका विभिन्न प्रकारका पेट्रोलियम पदार्थमध्ये अधिकांश भारतबाट र नगण्य मात्रामा अमेरिकाबाट आएको तथ्याङ्कले देखाएको छ । अमेरिकाबाट आएकोमा ज्यादै नगण्य मात्रा अर्थात् १ किलोलिटर हवाई इन्धन रहेको छ । जसको मूल्य २३ हजार रुपैयाँ उल्लेख गरिएको छ ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार साउन, भदौ, असोज, कात्तिक र मंसिर महिनामा गरी भारतबाट आयात भएको पेट्रोलको मूल्य २८ अर्ब ५९ करोड ६१ लाख १ हजार रहेको छ । यस्तै डिजेलको मूल्य ५५ अर्ब ४८ करोड ५९ लाख ७० हजार, हवाई ईन्धनको मूल्य ९ अर्ब २० करोड ३४ लाख १० हजार तथा मट्टितेलको मूल्य ५८ करोड २९ लाख २५ हजार रुपैयाँ बराबर रहेको तथ्याङ्कमा उल्लेख छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




