
काठमाडौं, १० पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउमा केही बढोत्तरी भएको छ । यस्तै चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा पघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा २ सय रुपैयाँले वृद्धि भएको छ । यसैगरी चाँदीको मूल्य शुक्रबारकै यथावत रहेको छ ।

आज छापावाल सुनमा २ सय रुपैयाँले बढेर तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख ३ सय रुपैयाँ कायम भइ काराेबार भएको थियो ।
तेजाबी सुनमा पनि २ रुपैयाँले नै वृद्धि भएको छ । आज तेजाबी सुन तोलाको १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्यमा कुनै उतार चढाव आएको छैन । आज चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमै कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




