आँधिखोला लघुवित्तद्वारा ३० प्रतिशत बाेनस सेयर दिने घाेषणा

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ पुस । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने भएकाे छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने भएको हाे।

लघुवित्त सञ्चालक समितिकाे शुक्रबार बसेको बैठकले संस्थाका सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेकाे छ । साथै त्यसकाे कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांशसहित ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिकाे साे प्रस्तावलाई नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने भएकाे छ । यसअघिकाे वर्षमा संस्थाले २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

अहिले आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाइसी नेपाल लघुवित्त गाभिने चरणमा रहेका छन् ।