
काठमाडौं, ११ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारले अर्धशतक पूरा गरेको छ । नेप्सेमा भारी अंककाे बृद्धिसाथै हरियाली वातावरण छाएको छ ।
एउटा उपसमूह बाहेक सबैमा हरियाली छाउँदा सेयर लगानीकर्ताहरु उत्साही भएका छन् । सेयर बजारमा सकारात्मक सुधार भएपछि सेयर लगानीकर्ताहरु उत्साही मात्रै भएनन् अब बजार सकारात्मक लयमा जाने अपेक्षा बढेको बताउन थालेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.३०५प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.३८ अंकले बृद्धि भएर ३७५.४४ विन्दुमा रहेको छ ।
यसदिन कुल २५० कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ५६ लाख ५३ हजार ५३ कित्ता सेयरको कारोबारबाट २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ ३५ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको २० करोड ८८ लाख ७ हजार २४४ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा गराँस फाइनान्स लिमिटेडको सेयरमूल्य १०.०० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको सेयरमूल्य ५.५६ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




