बढ्यो सुन र चाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     पौष १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ पुस । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर यसदिन तोलाको १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुनमा पनि रुपैयाँ ४ सय ले बढेर तोलाको १ लाख ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख २ सय रुपैयामा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।