
काठमाडौं, १३ पुस । अबदेखि विदेशबाट व्यक्तिगत मोबाइल ल्याउँदा भन्सारबाट प्रज्ञापनपत्र अनिवार्य लिनुपर्ने भएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणाली लागू गरेसँगै विदेशबाट स्वदेश आउने यात्रुले आफूले चलाउने मोबाइल बाहेक आफ्नो साथमा ल्याउने मोबाइलको समेत भन्सारबाट प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था लागू भएको हो ।
विदेशबाट ल्याएको आफूले चलाउने मोबाइल बाहेक एउटा मोबाइल भन्सार घोषणा गर्दा वा प्रज्ञापनपत्र लिँदा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । एकभन्दा बढी फोन ल्याएमा भन्सार तिर्नुपर्ने छ ।
विदेशबाट ल्याइएका आफूले चलाउने बाहेक एकभन्दा बढी मोबाइलको मात्र शुल्क तिरेर प्रज्ञापन पत्र लिनु पर्ने बाध्यकारी व्यवस्था मिलाइएको हो । स्मार्टफोनका लागि ५ प्रतिशत अन्त शुल्क र १३ प्रतिशत भ्याट लाग्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आगामी पुस १५ गतेदेखि पूर्णरुपमा कार्यान्वयन हुनेगरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने तयारी गरेको छ । यो प्रणाली लागू भएसँगै सर्वसाधारणले ल्याउने मोबाइल सेटको सङ्ख्यामा पनि कडाई गरिने भएको हो । भन्सार छलेर चोरी पैठारी गरिएका मोबाइल डिभाइसहरुलाई दुरुत्साहन गर्दै राजस्व चुहावट रोक्न लागू गरिन लागेको यो प्रणालीका कारण विदेशबाट ल्याउने मोबाइल सेटमा कडाई भएपछि विदेशबाट आउनेलाई भने असहज हुने देखिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार एमडीएमएस लागूसँगै विदेशबाट आएका मोबाइल दर्ता गर्न भन्सार प्रज्ञापनपत्र अनिवार्य गरिएको छ । यसबारे केही दिन अघि सूचना प्रकाशित गरिसकिएको उनको भनाइ छ । प्राधिकरणले भन्सार विभागको समन्वयमा यस्तो व्यवस्था गरेको उनले बताए । उनका अनुसार विदेशमा खरिद गरेको मोबाइल नेपाल ल्याउँदा १५ दिन भित्र दर्ता गरिसक्नु पर्नेछ ।
‘नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गते देखि दर्ता नगरीने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाईने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु प्रज्ञापनपत्र सहित राहदानी/नागरिकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdms.nta.gov.np मा गई दर्ता गर्न अनुरोध गरिन्छ’, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




