२ अर्बकाे ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक

-



     सफल आवाज    
     पौष १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ पुस । एभरेष्ट बैंकले पुस २५ गतेदेखि ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामकाे ऋणपत्र निष्काशन गर्ने भएकाे छ। बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेकाे १० वर्षका लागि साे ऋणपत्र निष्काशन गर्ने भएकाे हो।

बैंकले १ हजार अंकित दरकाे २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएकाे हाे । यसबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने भएकाे छ ।

बाँकी रहने ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रबाट ४० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे बताइएकाे छ।

ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा २५ तथा बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार निष्काशन पुस २९ गते बन्द हुने भएकाे छ । माग अनुसारकाे आवेदन पेश नभएकाे खण्डमा माघ ९ गतेसम्म आवेदन दिन सकिने भएकाे छ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।