
काठमाडौं, १५ पुस । संयोगले आज नेपालीको मौलिक पर्व पुसे १५ मनाईदैछ । चाडपर्वमा गरगहना लगाउने चलन पनि भएकाेले यही दिनमा गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सरिक हुने गरिन्छ । यही दिनमा आज पहेलो धातु सुन तथा सेतो धातु चाँदीको भाउ बढेको छ ।

आज साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ९ सय रुपैयाँ कायम भई कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैया कायम भई कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




