
काठमाडौं, १८ पुस । यी पाँच बैंक तथा वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन बाँकी रहेकाे छ ।सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे हाे ।
यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १९ गते मंगलबार बुक क्लोज गर्ने भएकाेले । सेयरधनीहरुले लाभांश सुरक्षित गर्न का लागि आजसम्म सेयरधनी बन्नुपर्नेछ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगदसहित ७.६० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । साे उक्त लाभांश पारित गर्नका लागि फाइनान्सकाे साधारण सभा पुस २९ गते डाकिएकाे छ । साधारण सभा फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजारमा पूर्वान्ह १० बजे डाकिएकाे छ।
पोखरा फाइनान्स
पोखरा फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२१ प्रतिशत नगद लाभांशसहित ४.२१ प्रतिशत वितरण गर्नेछ । साे लाभांश पारित गर्नका लागि फाइनान्सले पुस ३० गते साधारण सभा डाकेकाे छ । साधारण सभा पोखरास्थित दरबारथोक ब्याङक्वेटमा पूर्वान्ह ९ बजे बाेलाइएकाे छ ।
सिभिल बैंक
सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र करकाे प्रयाेजनार्थ ०.२६ प्रतिशत नगद लाभांशसहित ५.२६ प्रतिशत लाभांश वितरण गर्नेछ । साे प्रस्ताव पारित गर्न बैंककाे साधारण सभा पुस २८ गते अमृतभोग, कालिकास्थान काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।
आइसिएफसि फाइनान्स
आइसिएफसि फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदसहित १० प्रतिशत लाभांश वितरण गर्ने भएकेा छ । यसका लागि फाइनान्सले पुस २९ गते वार्षिक साधारण सभा डाकेकाे छ । सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा पूर्वान्ह १० बजे बाेलाइएकाे छ ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र साेकाे कर प्रयोजनका लागि १.५८% नगद लाभांशसहित ३१.५८ प्रतिशत लाभांश वितरण गर्नेछ ।
साे लाभांश पारित गर्नका लागि संस्थाले पुस ३० गते वार्षिक साधारण सभा बाेलाएकाे छ । साधारण सभा पोखरा महानगपालिका वडा नं–८ सभागृहचोक रहेकाे केन्द्रीय कार्यालयमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




