प्रि-ओपन सेसनमा कति बढ्यो नेप्से ?

-



     सफल आवाज    
     पौष १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ पुस । साताको दोस्रो कारोबार हुने दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो आइतबार १७.२४ अंक बढेर २०४६.२६ विन्दुमा बन्द भएको नेप्से आजको यो सेसनमा १.१९ अंक बढेर २०४७.४६ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा भने १.०३ अंकको गिरावट आएको छ ।

आज सोमबारको प्रि-ओपन सेसनमा ११ वटा स्टकको ९ लाख २५ हजार ९०४ रुपैयाँ बराबरको १ हजार २९४ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ८ वटा स्टकको मूल्य बढेको छ भने २ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको छ ।