१७.५६ अंकले बढ्यो नेप्से, कारोबारमा नबिल बैंक अब्बल

-



     सफल आवाज    
     पौष १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ पुस । सेयर बजारको उकालोको यात्रा जारी रहेको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारको माहोल सकारात्मक नै देखिएको छ ।

नेप्सेमा दोहोरो अंको बृद्धि भएको छ भने अघिल्लो पटककोभन्दा कुल काराेबार रकम केही कम भएको छ । लगानीकर्ताहरु नेप्सेको उकालोको यात्राट उत्साही भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८६ प्रतिशतले बृद्धि भएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स ०.८८ अंकले बढेर ३९४.८९ विन्दुमा पुगेको छ ।

सोमबार नेप्सेमा २५३ वटा कम्पनीको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ८२ लाख ७१ हजार ३५५ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ ६७ पैसा बराबरको कारोबार भएको छ ।

कुल उपसमूहमध्ये तीनवटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी १० वटा उपसमूहहरुमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको १६ करोड ८४ लाख ५१ हजार २८२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संंस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै एनएमबि ५० म्युचुअल फण्डको सेयरमूल्य घटेकाे छ । संस्थाको सेयरमूल्य ४.८० प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ ।