
काठमाडौं, १९ पुस । नेपाल स्टक एक्सचेन्जमा पाँच कम्पनीहरुकाे सेयरमूल्य समायाेजन भएकाे छ । उनीहरुकाे साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि बुकक्लाेज भएपछि नेप्सेले सेयरमूल्य समायाेजन गरेर आज नयाँ मूल्य कायम गरेकाे हाे ।
सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तले आज बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेकाे हाे ।
सिभिल बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेर प्रतिकित्ता २३८ रुपैयाँ १० पैसा कायम भएकाे छ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनश सेयरमा सेयरमूल्य समायोजन गरेर नयाँ प्रतिकित्ता ३२९ रुपैयाँ १० पैसा निर्धारण गरिएकाे छ।
पोखरा फाइनान्सको ४ प्रतिशत बोनश सेयरमा मूल्य समायोजन गरेर प्रतिकित्ता ३७३ रुपैयाँ ८ पैसा सेयरमूल्य निर्धारण गरिएकाे छ।
आइसिएफसि फाइनान्स लिमिटेडको ५ प्रतिशत बोनश सेयरकाे मूल्य समायोजन गरेर नया मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ ७१ पैसा कायम भएकाे छ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनश सेयरमा मूल्य समायोजन गरी नेप्सेले प्रतिकित्ता १९२९ रुपैयाँ २३ पैसा कायम गरेको छ।
सबै पाँचवटै कम्पनीको समायोजन भएकाे मूल्यकाे आधारमा नेप्सेमा आज उनीहरुकाे सेयर कारोबार खुलेकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




