बढ्यो सुन र चाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     पौष १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापाावल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि सोमबार सुनचाँदीको भाउ स्थिर रहेर आईतबारकै भाउमा खरिदबिक्री भएको थियो । सोमबार छापावाल सुन तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले बढेर तोलाको १ लाख ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।