
काठमाडौं, २२ पुस । मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । यी दुई कम्पनीको सेयरमूल्य आज नेप्सेमा समायोजन भएको हो ।
यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेर नयाँ कायम गरेको हो । आज नेप्सेले मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस सेयर तथा प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजन भएपछि मेरो माइक्रोफाइनान्सको सेयरमूल्य ८५८ रुपैयाँ ९ पैसा तथा प्रिमियर इन्स्योरेन्सको ६८९ रुपैयाँ ७२ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन हिजो बिहीबार मेरो माइक्रोफाइनान्सको सेयर ९४३ रुपैयाँ ९० पैसा र प्रिमियर इन्स्योरेन्सको ७८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रिमियर इन्स्योरेन्सले लाभांश तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न आगामी पुस २९ गते, सिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौंमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ । यस्तै मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण लाभांश पारित गर्न आगमी माघ ६ गते आफ्नो दशौँ वार्षिक साधारण सभा डाकेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




