
काठमाडौं, २४ पुस । कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ९६ हजार ४०० कित्ता सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ ।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउने जनाएकाे थियो।
कुल सेयरमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्काशन भइसकेकाे कम्पनीले जनाएकाे छ । यस्तै ५४ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि वितरण गरिएकाे छ भने २१ हजार ६०० कित्ता कर्मचारीका लागि रहेकाे छ। बाँकी रहेने ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि रहेकाे छ ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि लगानीकर्ताले ६ गतेसम्म आवेदन दिनुपर्नेछ । ताेकिएकाे अवधधिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा माघ १७ गतेसम्म आवेदन दिन पाइने भएकाे छ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो सेयर एप्सबाट आवेदन दिन सक्नेछन् ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




