आइतबार बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     पौष २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा यसदिन तोलामा १ हजार तथा चाँदीमा रुपैयाँ १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।