प्रि-ओपन सेसन : नेप्सेमा ५ अंकको वृद्धि

-



     सफल आवाज    
     पौष २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ पुस । साताको पहिलो कारोबार हुने दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात गएको बिहीबार नेप्से १८.०९ अंक बढेर २१४३.९३ विन्दुमा बन्द भएको थियो ।

आजको यो सेसनमा भने यो परिसूचक ५ अंक बढेर २१४८.९३ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि १.१२ अंकले वृद्धि भएको छ ।

आज आइतबारको प्रि-ओपन सेसनमा ३५ वटा स्टकको ७३ लाख १६ हजार ७३६ रुपैयाँ ६० पैसा बराबरको १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यीमध्ये २९ वटा स्टकको मूल्य बढेको छ भने ५ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।